दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले लमजुङ जिल्लामा आयोजना-प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रतिसेयर एक सय रुपैयाँमा १० लाख ५४ हजार २६० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले वैशाख १३ गतेदेखि आइपिओ निष्काशन गर्दैछ। लगानीकर्ताहरूले वैशाख २७ गतेसम्म आइपिओमा आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले कम्तीमा १० कित्तादेखि धेरैमा १० लाख कित्तासम्म आवदेन दिन सक्नेछन्।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। कम्पनीलाई इक्रा नेपाल लिमिटेडले बिबी माइनस ग्रेडिङ दिएको छ।
दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड नेपालमा जलविद्युत आयोजनाको विकास र लगानी गर्ने उद्देश्यले फागुन १४, २०६६ मा स्थापित सार्वजनिक कम्पनी हो। यसले हाल लमजुङ जिल्लामा १२ मेगावाटको दोर्दी-१ जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
यसको उत्पादन अनुमति २१०४ पुस ११ गतेसम्म छ। हाल कोभिड-१९ को प्रभावका कारण आयोजनाले व्यावसायिक उत्पान अनुमति मिति बढाइदिन प्राधिकरणलाई पत्रचार गरिहरको छ। २०७७ साउन २ मा आयोजनाले व्यवसायिक उत्पादन थाल्ने लक्क्ष लिएको भएपनि असफल भएको हो।
आयोजनाको औसत ९२.९२ प्रतिशत भौतिक तथा वित्तीय काम सम्पन्न भएको आवहान पत्रमा उल्लेख छ। कम्पनीको संस्थापक सेयरधनीको रूपमा सिइडिभी हाइड्रो, राधी विद्युत, लमजुङ विकास र खारे इन्भेस्टमेन्ट लगायतका कम्पनीहरू छन्।
आयोजना दोर्दी गाउँपालिका-६ लमजुङमा छ। यसको दर्ता कार्यालय काठमाडौं-११, ब्लुस्टार कम्प्लेक्स, त्रिपुरेश्वरमा छ। कम्पनीमा लमजुङ विद्युत विकास कम्पनी लिमिटेडको ८४.९५ प्रतिशत स्वामित्व रहेको छ।