सनिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ।
सानिमा डबल धमाका मुद्दती खाता व्यक्तिगत ग्राहकहरूलाई लक्षित गरी सार्वजनिक गरिएको हो। यस मुद्दतीमा ग्राहकहरूले न्यूनतम पाँच लाखको मुद्दती खोल्न सक्नेछन्।
ग्राहकहरूले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन्। मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् दोब्बर भई भुक्तानी गरिनेछ। प्रतिफलमा लाग्ने कर रकम भने ग्राहकहरू आफैले व्यहोर्नु पर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्ति अनुसार व्यवहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्नेछन्। ग्राहकले दुई लाख रुपैयाँ सम्मको निःशुल्क क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन्। यसयोजना अन्तर्गत एकभन्दा बढी मुद्दती खाताहरू समेत खोल्न सक्नेछन्।
सानिमा बैंकको देशका सातै प्रदेशमा गरी १२६ कार्यालय र ११५ वटा एटिएम सञ्चाचालनमा छ।