कुनै समय नाफा कमाउँने क्षेत्रको रुपमा मात्रै चित्रण गरिने निजी क्षेत्रलाई पछिल्लो समयमा विश्वभरी नै समाजिक समस्या समाधानको समेत महत्वपूर्ण हिस्सेदारको रुपमा लिन थालिएको छ। निजी क्षेत्रले व्यवसायिक सफलतासँगै सामाजिक कार्य गरेका सफल उदाहरणहरू युरोप लगायत विभिन्न देशमा देख्न सकिन्छ।
युरोप कै कुरा गर्दा सन् १९९० को मध्यतिर युरोपियन युनियनका अध्यक्षको आग्रहपछि बेरोजगारी र बहिष्करण समस्याविरुद्ध एकजुट भएर अघि बढ्न युरोपका व्यवसायीहरूले संस्थागत सामाजिक उत्तरदायित्वका कामलाई सामूहिक अभियानको रुपमा अघि बढाए।
यहि अभियान अन्तर्गत सन् २००० मा एक आयोग गठन गरी आयोगमार्फत विभिन्न विश्वविद्यालयसँग समेत सहकार्य गर्दै सिएसआरलाई अझ व्यापक, व्यवस्थित र सहभागितामूलक बनाउँने काम भयो। व्यवसायीहरूको यो अभ्यासले गर्दा युरोपमा सिएसआर अभियान व्यापक हुँदै गयो र यसले समाज, निजि क्षेत्र र राष्ट्रिय अर्थतन्त्रलाई नै फाइदा पुगेको युरोपको अनुभव छ। अहिले युरोपको सिएसआरलाई विश्वभरी नै नमूनाको रूपमा लिइन्छ।
यो एउटा दृष्टान्त मात्र हो जसले निजी क्षेत्रले व्यापार र नाफा मात्र होइन, अनेकौ सामाजिक समस्या समाधान गर्ने श्रृजनशील काम गर्न सक्छ भन्ने उदाहरणको रुपमा प्रस्तुत गरिन्छ। नेपालमा पनि पछिल्लो समयमा निजी क्षेत्रको संलग्नता समाजका विभिन्न क्षेत्रमा विस्तारित हुँदैछ।
ती कार्यहरू सिएसआर योगदन र त्यसभन्दा माथि उठेर पनि गरिएका छन्।
नबिल बैंकले पछिल्लो समयमा सुरू गरेको सामाजिक उद्यमको विकास तथा दिगो बैंकिङ विस्तारका लागि गरेका विभिन्न क्रियाकलापले एक फरक अभियानको उदाहरण प्रस्तुत गरेको छ। हालै मात्र सुरू भएको नबिल स्कुल अफ सोसल अन्टरप्रेनरशीपले सामाजिक उद्यमशीलताको अभियानलाई देशभर विस्तार गर्ने एक भिन्न र नविन प्रयोग गर्न थालेको छ। यस अन्तर्गत बैंकले चैत्रको पहिलो हप्तादेखि एक फेलोशिप कार्यक्रम सुरू गरेको छ।
सामाजिक उद्यमशीलताका लागि खुला आहवान गरेर देशभरका करिब ३ सय ५० जना आवेदकको विभिन्न सामाजिक उद्यमको अवधारणा संकलन गरी यसमध्येबाट छानिएका उत्कृष्ट २५ जनालाई निःशुल्क एक वर्षे उद्यमशीलता तालिम कार्यक्रम संचालन गरिएको छ।
नेपालको उच्च शिक्षालाई अब्बल निजी बैंकसँग जोडी सफल र श्रृजनशील उद्यमी बनाउँने नबिलको यो नयाँ सुरूवात नाफारहित अभियान हो, जसका लागि बैंकले ठूलो लगानी समेत गरेको छ। यही अभियान अन्तर्गत नबिलले देशका सातै वटा प्रदेशमा सर्टिफिकेट तहको अर्को कार्यक्रम समेत सुरू गर्दैछ, जसमा सातै वटा प्रदेशका विभिन्न क्याम्पससँग सहकार्य गरी पाठ्यक्रम निर्माणको काम भइरहेको छ।
यस मार्फत एक प्रदेशमा एक सयका दरले सात प्रदेशमा सात सय नयाँ उद्यमी बनाउँने महत्वकांक्षी सोच लिइएको छ। यो अभियानलाई व्यवस्स्थित, दिगो र संस्थागत बनाउँनका लागि नबिलले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायसँग सहकार्य गरी अलग्गै कार्यालय समेत स्थापना गरेको छ। यो कार्यालय मार्फत सामाजिक उद्यमशीलताको एउटा नयाँ प्रारुपको थालनी गर्ने नबिलको सोच छ।।
नबिल सामाजिक उद्यमशीलताको मुख्य उद्देश्य सामाजिक परिवर्तनका लागि संस्थागत रुपमा नै उद्यमशीलताको विकास गरी सामाजिक समस्याहरूको समाधान गर्नु हो। यसले सामुदायिक तहबाटै सामाजिक उद्यम र नयाँ अवधारणा पहिचान गर्दै त्यसलाई लगानीयोग्य बनाउने र विकासका लागि सामाजिक अभियानहरू समेत संचालन गर्नेछ।
आफ्नो लगानीमा सुरू गरेको यो रुप र प्रकृतिको कार्यक्रमबाट नबिलले केवल देशमा उद्यमी जन्माउने र उनीहरू मार्फत सामाजिक समस्याको समेत समाधानको अभ्यास र संस्कार सिकाउने योगदानमुखी अभिलाशा राखेको छ।
नबिल बैंक स्थापना कालदेखि नै सामाजिक कार्यमा सक्रिय छ। बैंकले २०७७ सालमा कोरोना विरुद्धको प्रतिकार्यका लागि सरकारलाई ६ करोड रुपैयाँ नगद सहयोग गरेको थियो। साथै, बैंकले अक्सिजन अभाव समय वीर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेको थियो।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका ती कार्यहरूभन्दा माथि उठेर नबिलले अब सामाजिक सेवालाई घटनामुखी योगादनको रुपमा भन्दा पनि उद्यमसँगै जोडेर अघि बढाउँने नयाँ मोडेलको सुरूवात गर्न थालको छ। यो सुरूवात नेपालको बैंकिङ क्षेत्रमा नै एक भिन्न र नविन प्रयास हो। जसको सफलताले उदाहरणीय नतिजाहरू सहितको सामाजिक समस्याको समाधानमा आधारित नवउद्यम विकासको वृहत्तर अभ्यासलाई स्थापित गर्नेछ। यसका लागि बैंकले राज्यले तोकेको संस्थागत सामाजिक उत्तरदायित्व सिमाको बजेट र कार्यक्रमभन्दा माथि उठेर लगानी गरिहरको छ।
दिगो बैंकिङ: एक भिन्न र फरक पहल
दिगो बैंकिङ नबिलको एक नयाँ ब्राण्ड बन्दै गएको छ। नबिलले दिगो विकास बैंकिङ इकाइलाई संस्थागत अंग बनाएर दिगो बैंकिङका नमूना कामहरू विभिन्न स्थानका संचालन गरेको छ।
समावेशी अर्थतन्त्र निर्माण गर्नका लागि मूलधार बाहिर परेका वर्गलाई उद्यम गर्नका लागि कर्जा लिन प्रेरित गर्ने उदेश्यले सहुलियत ब्याजदर सहितको नबिल दिगो बैंकिङको घोषणा गरेको हो। यस अन्तर्गत राज्यका विभिन्न निकायहरूसँग सहकार्य गरी दिगो व्यवसाय विकासमा लगानी गरिरहेको छ।
दिगो बैंकिङको माध्यमबाट अहिलेसम्म बैंकिङ पहुँचबाहिर रहेकालाई सेवा प्रदान गर्ने र देशको दुर्गम स्थानहरूमा उद्यमशिलतालाई प्रवर्धन गर्ने उद्देश्य बैंकले लिएको छ। यसैगरी बैंकले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भई समृद्ध नेपालको लागि स्थायी लघु-उद्यम सिर्जनाका लागि पनि विभिन्न कामहरू गरेको छ।
नबिलको यो कार्यक्रम अन्तर्गत किसानलाई व्यक्तिगत रुपमा १५ लाख , संस्थागत रुपमा २५ लाख र समूहलाई ५ लाख रुपैयाँसम्म कर्जा दिएको छ। त्यसैगरी, नबिल उद्यमशील कर्जा अन्तर्गत पनि १८ देखि ६० वर्षका व्यक्तिहरूलाई लक्षित गर्दै एक लाखदेखि एक करोडसम्म कर्जा दिने व्यवस्था गरेको छ। नबिलको यो कार्यक्रम अन्तर्गत दर्जनौं व्यक्तिहरूले नयाँ उद्यम सुरू गरिसकेका छन्।
नबिल दिगो बैंकिङको दायरा धेरै फराकिलो छ। यस अन्तर्गत दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी लगानी तथा सहयोग गरेको छ भने नबिलले लगानी गरेका व्यवसायबाट कार्बन उत्सर्जन घटाइ जलवायु परिवर्तनको असर रोक्न गरेको योगदानको मापन गर्न कार्बन लेखांकनको समेत सुरूवात गरेको छ।
त्यसैगरी, वैकल्पिक उर्जा प्रबर्धन केन्द्रसँग मिलेर नविकरणीय उर्जामा कर्जा लगानी गरि यसबाट गाउँ-गाउँमा लघु जलविद्युत् जस्ता कैयौं नविकरणीय उर्जाको विकासमा योगदान दिँदै जलवायु परिर्वतनको असर रोक्ने एक भिन्न बैंकिङ पहल समेत गरेको छ। नबिल बेलायतस्थित् पार्टनरशीप फर कार्बन अकाउन्टिंग फाइनान्सियल्सको सदस्य संस्था हो, जस मार्फत् जलवायु तथा वातारणको क्षेत्रमा गरेका लगानीहरूको आधिकारिक र प्रमाणित योगादनको लेखाजोखा गर्न सकिनेछ। यसबाट कार्बन फाइनान्सिङमा समेत नबिलले काम गर्नेछ।
यसैगरी, नेपालीहरूले विदेशबाट पठाएको रेमिट्यान्सलाई सम्मान गर्ने उदेश्यले रेमिट ट्री वृक्षा रोपणको थालनी गरेको छ। यी कार्यले दिगो विकासको मर्मलाई सघाउँन र बढ्दै गएको जलवायु परिवर्तनको असर रोक्न एक बैंकिङ अग्रसरताको भूमिका निर्वाह गर्नेछ।
राष्ट्रिय लक्ष्य प्राप्तिका लागि सामाजिक उद्यमशीलता
नेपाल सन् २०२६ देखि अल्प विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नती हुने भनी संयुक्त राष्ट्र संघले पारित गरिसकेको छ। मानव पुँजी निर्माण, आर्थिक जोखिम र प्रति व्यक्ति आय सूचकांक रहेको सो मापदण्डमा नेपालले प्रति व्यक्ति आयको लक्ष्य अझै पूरा गर्न सकेको छैन। यसका लागि न्यूनतम १२३० अमेरिकी डलर प्रति व्यक्ति आम्दानी हुनुपर्नेमा नेपालको आय अहिले मुस्किलले ११०० डलर छ।
पछिल्लो समयमा कोरोना लगायतका समस्याले आर्थिक आम्दानीलाई झन् चुनौति थप्न सक्ने देखिन्छ। त्यसैले पनि नयाँ उद्यमसहितको आर्थिक क्रियाकलाप बढाउन सकिएन भने हाम्रो विश्वव्यापी लक्ष्य र प्रतिबद्धता पूरा हुन सक्दैन। यसका लागि दिगो र समावेशी आर्थिक विकासमा राज्यलाई नै सहयोग पुग्ने कामको आवश्यकता छ।
सन् २०३० सम्म हासिल गर्ने भनि तय गरिएको दिगो विकास लक्ष्य, नेपनलको १५ औं आवधिक योजना तथा २५ वर्षे दीर्घकालिन लक्ष्यले गरिबी निवारण, रोजगारी वृद्धि, आर्थिक समानता जस्ता धेरै सवालहरूलाई राष्ट्रिय विकासका महत्वपूर्ण अधार मानेको छ।
दिगो विकास लक्ष्यको ८ नं लक्ष्यले दिगो रोजगारी वृद्धि तथा आर्थिक गतिविधिको प्रवद्धृनका लागि बैंक तथा वित्तीय सेवामा सबैको पहुँच विस्तारलाई जोड दिएको छ। यसका लागि वित्तीय संस्थाको क्षमता विकास र सेवा विस्तारको आवश्यकतालाई औल्याएको छ।
नबिल बैंकले सामाजिक उद्यमशीलताको विकास तथा दिगो बैंकिङका लागि गरेका नयाँ प्रयासहरू राज्यका विकास लक्ष्य र उदेश्यमैत्री छन्। त्यसैले, नबिल राष्ट्रिय विकासको समान उदेश्यका लागि बैंकिङ क्षेत्रमा एक फरक काम गर्ने र अरुलाई पनि केहि नयाँ गर्न सन्देश दिने गरिरहेको छ।
साना उद्यम विकासका लागि प्रोत्साहन
सरकारी आँकडा अनुसार नेपालको निरपेक्ष गरिबीको दर १८ प्रतिशत भन्दा बढी छ। कोरोना महामारीसँगै यो दर बढेको आँकलन गरिएको छ। नेपालको बेरोजगारी दर ११ प्रतिशतभन्दा बढि छ। हाम्रो राष्ट्रिय योजना र दिगो विकास लक्ष्यले यी लगायतका धेरै सामाजिक सवाललाई साझेदारीपूर्ण ढंगले सम्बोधन गर्ने प्रावधान राखेको छ।
यी समस्यालाई सम्बोधन गर्दै समावेशी अर्थतन्त्रका लागि समावेशि बैंकिङ आवश्यक छ भन्ने आधारमा नबिलले साना तथा मझौला उद्यम प्रर्वद्धनका लागि सहज र शीघ्र कर्जालाई प्रोत्साहनपूर्वक लागु गरेको छ। यसका लागि बैंकले विभिन्न निकायसँग साझेदारी समेत गरको छ। संयुक्त राष्ट्र संघ अन्तर्गतको युएनसिडिएफसँगको सहकार्यमा युवा र महिला व्यवसायीलाई बैंकसँग जोड्न नविन बैंकिङ पहुँच कार्यक्रम सुरू गर्दैछ। यसबाट देशभरका लाखौ महिला तथा युवा उद्यमीहरू बैंकमा जोडिनेछन् र यसले समावेशी बैंकिङ तथा आर्थिक विकासमा समेत महत्वपूर्ण योगादन गर्नेछ।
त्यसैगरी, अनलाइन कारोबार कम्पनी दराजसँगको सहकार्यमा दराजको सिफारिसमा साना व्यवसायीलाई सहज ढंगले व्यवसाय कर्जा उपलब्ध गराउँने कार्य पनि नबिलले सुरू गरेको छ। कृषि क्षेत्रमा पनि विभिन्न संस्था तथा कम्पनीसँग मिलेर कर्जा प्रवाहदेखि प्रविधि विकास तथा पहुँचसम्म बैंकले काम गरेको छ। महिला उद्यमी महासंघसँगको सहकार्यमा महिला उद्यमीलाई कर्जा प्रदान गरी उद्यममा लैंगिक समावेशितालाई प्रबद्धृन गर्न समेत बैंकले काम गरेको छ।
यस किसिमको कर्जाले नयाँ व्यक्तिलाई आर्थिक गतिविधिमा संलग्न गराउन सहयोग पुगेको छ भने बैंकको लगानी विविधिकरण पनि भएको छ।
यी केही दृष्टान्तहरू हुन् जसले नबिल केबल बैंकिङ कारोबारमा मात्र सिमित छैन, त्यसभन्दा माथि उठेर नयाँ सामाजिक तथा आर्थिक अभियानहरू पनि चलाइरहेको छ भन्ने सन्देश दिन्छ।
नेपालको पहिलो निजी क्षेत्रको बैंक नबिलले मुलुकको आर्थिक तथा उद्यम विकासमा समावेशिता र पहुँच विस्तारलाई दिएको महत्व र प्राथमिकताले बैंकको योगदानमा आधारित फरक पहिचान प्रस्तुत गरेको छ।
नबिलको यो नयाँ प्रयोगले अन्य बैंकहरूकालागि पनि लगानी र उद्यम विकासको नयाँ नजिर बसाउनेमा बैंक विश्वस्त छ। यो नजर आगामी दिनमा अन्य बैंकहरूका लागि लगानी र कारोबारको थप क्षेत्र बन्नेछ।
नबिलले सरकार, दातृ निकाय, व्यापारिक संस्थादेखि पेशागत संगठनसँगको सहकार्यमा गरेका यी वृहत्तर कार्यक्रमले अन्य बैंकहरूलाई पनि अबको नयाँ क्षेत्र, तरिका र विविधताको मार्गदर्शन गरेको छ।