नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ १२ पैसा र बिक्रीदर १२२ रुपैयाँ ७२ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा पुगेको छ।
अघिल्लो दिन अमेरिकी डलर एकको खरिदमा १२१ रुपैयाँ ७२ पैसा र बिक्रीमा १२२ रुपैयाँ ३२ पैसा कायम गरिएको थियो। युरोपियन युरो एकको खरिददर भने १३१ रुपैयाँ ४० पैसा र बिक्रीदर १३२ रुपैयाँ ०४ पैसा पुगेको थियो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर अघिल्लो दिनको तुलनामा ३१ पैसाले बढेर ८९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९० रुपैयाँ ९४ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिदमा भने आज ९६ रुपैयाँ ९४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४२ पैसा पाइन्छ। मंगलबार क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७७ पैसा पुगेको थियो।
आज कतारी रियाल एकको खरिददर बढेर ३३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५९ पैसा पुगेको छ। साउदी अरेबियन रियाल एकको खरिददर भने ३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७३ पैसा पुगेको छ।
बुधबार युएई दिराम एकको खरिददर ३३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४१ पैसा पुगेको छ। मलेसियन रिंगिट एकको खरिददर भने २८ रुपैयाँ ७० पैसा र बिक्रीदर २८ रुपैयाँ ८४ पैसा पुगेको छ।
आज कुवेती दिनार एकको खरिददर मंगलबारको तुलनामा ९३ पैसाले बढेर ३९९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ५७ पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर पनि १ रुपैयाँ ४ पैसाले बढेर ३२३ रुपैयाँ ९२ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर भने ३२५ रुपैयाँ ५१ पैसा पुगेको छ।
नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमय दर फरक हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। तर भारतीय मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिम नै हुन्छ, जुन अन्य बैंक तथा वित्तीय संस्थाहरूले फरक हुने गरी निर्धारण गर्न सक्दैनन्।