नयाँ वर्ष लागेको दुई दिनमै वाणिज्य बैंकहरूको निक्षेप १२ अर्ब रूपैयाँले घटेको छ।
चैतको अन्तिम सातासम्ममा ४३ खर्ब ८९ करोड रूपैयाँ निक्षेप रहेको बैंकहरूमा वैशाख २ गते हुँदा ४३ खर्ब ७७ करोड रूपैयाँमा सीमित भएको हो।
बैंकहरूको कर्जा लगानी पनि दुई अर्बले घटेर ४१ खर्ब ९५ अर्ब रूपैयाँमा सीमित भएको छ।
चालु आव अन्त्यसम्ममा कुल निक्षेपको अनुपातमा कर्जा लगानी अनुपात ९० प्रतिशतसम्म सीमित पार्नुपर्ने भएपछि पनि बैंकहरूले स्रोत नबढाइकन कर्जा बढाउन नसक्ने अवस्थामा पुगेका छन्।
वैशाख पहिलो साता सबै बैंकहरूको औसतमा कर्जा निक्षेप अनुपात ९०.७७ प्रतिशत छ।