गत आर्थिक वर्षभरिमा भएको व्यापार घाटा यसपटक ९ महिनामै पुगेको छ।
भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा नेपालको कुल वैदेशिक व्यापार घाटा १२ खर्ब ६ अर्ब १६ करोड रूपैयाँ छ। यो अवधिमा कुल व्यापार १६ खर्ब २७ अर्ब २३ करोडको पुगेको छ।
गत आव (२०७७/०७८) को सोही अवधिको तुलनामा यो वर्ष कुल वैदेशिक व्यापार ३४.९१ प्रतिशत बढेको हो।
अघिल्लो आर्थिक वर्षको चैतसम्मको तुलनामा भने यस वर्ष नेपालको वैदेशिक व्यापार घाटा २८.४७ प्रतिशतले बढेको हो। गत आवमा भने व्यापार घाटा १० खर्ब १६ अर्ब थियो।
रसिया र युक्रेन द्वन्द्वको कारण आपूर्ति श्रृंखलामा प्रभाव पर्दा आयातित वस्तुहरूको मूल्यमा वृद्धि भइरहेको छ। यसले पनि आयात परिमाणमा वृद्धिको तुलनामा मूल्य भने धेरै छ। तेल उत्पादक मुलुकहरू नै युद्धमा होमिँदा पेट्रोलियम पदार्थको मूल्य आकासिएको हो।
गत आवको चैतमा ४५ करोड ८३ लाख लिटर पेट्रोल आयात हुँदा २३ अर्ब ३५ करोड खर्चिएको नेपालले यसपटक ५४ करोड ९९ लाख लिटर पेट्रोल आयात गर्दा ४७ अर्ब २३ करोड खर्चिएको छ।
त्यस्तै डिजेलमा पनि वृद्धि भएको छ। गत आवमा १ अर्ब २१ करोड लिटर डिजेल आयात हुँदा ५९ करोड रूपैयाँ खर्चिएको छ। यसपटक १ अर्ब ३० करोड लिटर डिजेल आयात हुँदा एक अर्ब पाँच खर्ब खर्चिएको छ।
यस आवमा चैतसम्ममा १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख एक हजार रूपैयाँको विभिन्न सामग्री आयात भएको छ। गत वर्षको तुलनामा ३१.९७ प्रतिशतले आयात बढेको छ।
गत वर्षको सोही अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड रूपैयाँको वस्तु आयात भएको विभागको तथ्यांकले देखाउँछ। नेपालले वस्तु निर्यात भने एक खर्ब ६० अर्ब ५७ करोड रूपैयाँको गरेको छ। गत वर्षको यही अवधिमा ९४ अर्ब ७६ करोड रूपैयाँको निर्यात गरेको थियो। सो अवधिको तुलनामा यो ६९.४४ प्रतिशतले बढी हो।
मूल्य बढेको कारण परिमाणको तुलनामा मूल्य अधिक बढेका आयातित वस्तुहरूः
|
आव ०७७/७८
|
|
आव ०७८/७९
|
पेट्रोल
|
४५ करोड ८३ लाख लिटर
|
२३ अर्ब ३५ करोड रूपैयाँ
|
|
५४ करोड ९९ लाख लिटर
|
४७ अर्ब २३ करोड रूपैयाँ
|
डिजेल
|
१ अर्ब २१ करोड लिटर
|
५९ करोड रूपैयाँ
|
|
१ अर्ब ३० करोड लिटर
|
एक अर्ब पाँच खर्ब रूपैयाँ
|
सुन
|
२७ लाख ६० हजार ग्राम
|
१९ अर्ब ३१ करोड रूपैयाँ
|
|
४० लाख ९४ हजार लिटर
|
२८ अर्ब ५४ करोड रूपैयाँ
|
कच्चा सूर्यमुखी तेल
|
९ करोड १२ लाख लिटर
|
१० अर्ब ४७ करोड रूपैयाँ
|
|
९ करोड ८९ लाख लिटर
|
१६ अर्ब ४९ करोड रूपैयाँ
|
कच्चा भटमासको तेल
|
२८ करोड ८६ लाख लिटर
|
३० अर्ब ८५ करोड रूपैयाँ
|
|
२८ करोड २१ लाख लिटर
|
४५ अर्ब ५८ करोड रूपैयाँ
|