नबिल बैंकले बिहीबार काठमाडौं, बारा, भक्तपुर, ललितपुर, मकवानपुर, मोरङ, रुपन्देही, सुनसरी, धनुषा गरी विभिन्न ठाउँमा १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको छ।
बैंकले शाखा सञ्चालसहित विभिन्न व्यक्तिहरूको उपस्थितिमा नयाँ शाखहरूको उद्घाटन गरेको हो।
उपरोक्त शाखा कार्यालयमा आयोजित उद्घाटन कार्यक्रमरसमारोहबीच प्रमुख अतिथि बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र काठमाडौं महानगरपालिका वडा नं। ५ का वडा अध्यक्ष रमेश डङ्गोलले संयुक्त रुपमा धुम्बाराही मालीगाउँ शाखा, बैंक संचालक आशा राणा अधिकारी र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले संयुक्त रुपमा गुसिंगाल शाखा, बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोज राज घिमिरेले संयुक्त रुपमा थलि डाँछी शाखा, बैंक संचालक अनन्त पौड्याल र महालक्ष्मी नगरपालिका ललितपुरका मेयर (नगर प्रमुख) रामेश्वर श्रेष्ठले संयुक्त रुपमा इमाडोल शाखा, तथा बैंकका सञ्चालक प्रविन टिबडेवाला र चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी प्रसाद चापागार्इंले संयुक्त रुपमा दुवाकोट शाखाको उद्घाटन गरेका हुन्।
यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले संयुक्त रुपमा दहचोक शाखा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मी र नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक मती रंजना पौडेल पण्डीतले संयुक्त रुपमा मुर्गिया र खैरेनी शाखा, बैंकका प्रमुख वित्त अधिकृत मनोज कुमार ज्ञवाली र हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्राचार्य पुर्न बहादुर जोशीले संयुक्त रुपमा चिसापानी शाखा, बैंकका प्रादेशिक प्रमुख- प्रदेश १ सुबोध लोहनी र नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका निर्देशक मती मीना पाण्डेले संयुक्त रुपमा पुष्पलाल चोक शाखा, बैंकका प्रमुख संचालन अधिकृत गणेश प्रशाद अवस्थी र नेपाल राष्ट्र बैंक, वीरगन्ज कार्यालयका निर्देशक राजन देव भट्टराईले संयुक्त रुपमा जीतपुर शाखा, बैंकका प्रमुख व्यापार अधिकृत ज्ञानेन्द्र प्रताप शाह र नेपाल राष्ट्र बैंक, जनकपुर कार्यालयका निर्देशक नीरा ताल्चाभडेलले संयुक्त रुपमा महेन्द्रनगर र ढल्केबर शाखा, तथा बैंकका अन्तराष्ट्र्यि व्यापार तथा रणनीतिक विस्तार प्रमुख आर्दश बजगार्इँ र रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर थापाले संयुक्त रुपमा झुम्का शाखा कार्यालयको उद्घाटन गरे।
बैंकले कार्यक्रमका अतिथिहरु, बैंक सञ्चालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरु एवं बैंकका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै समयमा १४ नयाँ शाखाको उद्घाटन गर्ने कार्यक्रम तय गरेको थियो । उद्घाटन गरिएका शाखा कार्यालयहरु देहाय बमोजिम रहेका हुँदा सेवाग्राही तथा ग्राहकहरुले आफुलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी विभिन्न बैंकिङ सुविधा लिन सक्नेछन्।
बिहीबार उद्घाटन भएका १४ नयाँ शाखासँगै बैंकको शाखा कार्यालय १४८ पुगेको छ। बैंकले हाल १८८ एटिएम र १,५०० भन्दा बढी बैंक रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दैछ।
बैंकको नयाँ शाखा कार्यलय स्थानः
क्र.सं.
|
शाखा
|
ठेगाना
|
१.
|
धुम्बाराही मालीगाउँ
|
काठमाडौं महानगरपालिका ५, काठमाडौं
|
२.
|
जीतपुर
|
जितपुरसिमरा उपमहानगरपालिक ७, बारा
|
३.
|
दुवाकोट
|
चाँगुनारायण नगरपालिका २, भक्तपुर
|
४.
|
गुसिंगाल
|
ललितपुर महानगरपालिका १, ललितपुर
|
५.
|
इमाडोल
|
महालक्ष्मी नगरपालिका ४, ललितपुर
|
६.
|
थलि डाँछी
|
कागेश्वरी मनोहरा नगरपालिका ५, काठमाडौं
|
७.
|
चिसापानी
|
हेटौंडा उपमहानगरपालिका १६, मकवानपुर
|
८.
|
पुष्पलाल चोक
|
विराटनगर महानगरपालिका ३, मोरङ
|
९.
|
मुर्गिया
|
सैनामैना नगरपालिक वडा नं. ३, रुपन्देही
|
१०.
|
खैरेनी
|
देवदह नगरपालिक वडा नं.६, रुपन्देही
|
११.
|
झुम्का
|
रामधुनी नगरपालिका वडा नं.८, सुनसरी
|
१२.
|
महेन्द्रनगर
|
क्षिरेश्वरनाथ नगरपालिका वडा नं.५, धनुषा
|
१३.
|
ढल्केबर
|
मिथिला नगरपालिका वडा नं. ६, धनुषा
|
१४.
|
दहचोक
|
चन्द्रागिरी नगरपालिका वडा नं. १, काठमाडौं
|