कालिन्चोक दर्शन लिमिटेडले १२ करोड रूपैयाँ बराबरको सेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले स्थानीय र सर्वसाधारणमा सेयर जारी गर्ने भएको हो। कम्पनीको बिक्री प्रबन्धकमा नबिल इनभेस्टमेन्ट बैंकिङ रहेको छ।
कम्पनीलाई केयर रेटिङले बी प्लस रेटिङ दिएको छ। दायित्व भुक्तानीको आधारमा कम्पनीको जोखिम मध्यम रहेको यसले संकेत गर्छ।
कम्पनीले हाल दोलखास्थित कुरीमा केबल कार सञ्चालन गरिरहेको छ। यद्यपि अनुकुल मौसमले कम्पनीलाई प्रभाव पार्न सक्ने भविश्यमा समस्या आएमा कम्पनीको नाफादरमा प्रभावित हुनसक्ने छ।
कालिन्चोक दर्शन लिमिटेडको आम्दानी मुख्यतया पर्यटन क्षेत्रबाट हुने गरेको छ। कम्पनीको आम्दानी वर्षा (जुलाई-सेप्टेम्बर)को समय घट्ने गरेको छ भने जाडो मौसम (नोभेम्ब-मार्च) महिनामा बढ्ने गरेको छ।
गत आव २०७७/०७८ मा कम्पनीको कुल सञ्चालन आम्दानी ३ करोड ७० लाख रूपैयाँ पुगेको थियो। गत आवको जुलाई मध्यसम्ममा मात्रै कम्पनीको ऋण २२.२ करोड रूपैयाँ पुगेको थियो भने यसको सेयर पुँजी २९.५ करोड बढी पुगेको थियो।
कम्पनीले हाल जारी गरेको आइपिओ ऋण तिर्न प्रयोग हुन सक्ने केयर रेटिङ्स नेपालले जनाएको छ।
कम्पनीको ब्याज, लिज, ह्रास खर्च र करअघिको नाफा मार्जिन बढेको छ। यो ४९.९३ प्रतिशत रहेकोमा गत आवमा ६५.३० प्रतिशत पुगेको छ।
कालिन्चोक दर्शन लिमिटेडले गत आवमा मात्रै २१ करोड रूपैयाँको आम्दानी भने गरेको छ। कम्पनीले कालिन्चोकमा सञ्चालन गरिरहेको केबल कार एक किलोमिटर लामो दुरीमा छ। यसले प्रतिघण्टा एक तर्फी १९२ यात्रु ओसारपसार गर्न सक्छ।