नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरू तथा कर्मचारीहरूलाई विभिन्न बैंकिङ सेवा तथा सुविधाहरूमा छुट प्रदान गर्ने सम्झौता गरेको छ।
बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ सेवाहरूमा संघका सम्बन्धित सदस्य डाक्टरहरू तथा कर्मचारीले देशभर रहेको नबिल बैंकको कुनै पनि शाखाबाट विशेष छुट पाउने बैंकद्वारी जारी विज्ञप्तिमा उल्लेख छ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख बजँर अधिकृत कबिन्द्र प्रसाद श्रेष्ठ र संघको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका हुन्। हस्ताक्षर कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकरी अधिकृत अनिल केशरी शाहको समेत उपस्थिति थियो।
नेपाल चिकित्सक संघले आफ्नो स्थापनाकाल देखिनै नेपालमा स्वास्थ्य क्षेत्रको विकास र गुणस्तर प्रवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गरी चिकित्सकहरूको पेशागत अधिकार सुनिस्चित गर्न निरन्तर अग्रसर रहेको छ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरू छन्।