नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ७५ पैसा र बिक्रीदर १२४ रूपैयाँ ३५ पैसा पुगेको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १३१ रूपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६१ पैसा पुगेको छ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३३ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३३ रूपैयाँ १५ पैसा कायम गरेको छ। कतारी रियाल एकको खरिददर ३३ रूपैयाँ ९० पैसा र बिक्रीदर ३४ रूपैयाँ ०६ पैसा पुगेको छ।
यता युएई दिराम एकको खरिददर बिहीबार ३३ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३३ रूपैयाँ ८६ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले तोकेअनुसार कुवेती दिनार एकको खरिददर ४०४ रूपैयाँ ४९ पैसा र बिक्रीदर ४०६ रूपैयाँ ४५ पैसा पुगेको छ।
बहराइन दिनार एकको खरिदमा भने ३२८ रूपैयाँ २६ पैसा र बिक्रीमा ३२९ रूपैयाँ ८५ पैसा कायम गरिएको छ।
नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमय दर फरक हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। तर भारतीय मुद्राको विनिमय दर भने नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिम नै हुन्छ, जुन अन्य बैंक तथा वित्तीय संस्थाहरूले फरक हुने गरी निर्धारण गर्न सक्दैनन्।
