बिहीबार नेप्से ८.०३ अंकले बढेर २,२३९.६० विन्दुमा पुगेको छ। यो भनेको जम्मा ०.३६ प्रतिशतले बढेको हो। केही दिनयता बजार बढ्दो गतिमा छ।
अघिल्लो दिन पनि नेप्से परिसूचक १४.३७ अंकले बढेर २,२३१.५७ विन्दुमा पुगेको थियो।
बजार बढेपनि अघिल्लो दिनको तुलनामा आज कारोबार रकम १५ करोड ४७ लाख रूपैयाँ घटेको छ। अघिल्लो दिन एक अर्ब ४ करोड ४६ लाख २६ हजार रूपैयाँ कारोबार भएकोमा आज जम्मा ८८ करोड ९८ लाख ३४ हजार ९०८ रूपैयाँ कारोबार भएको छ।
यसले बजारको स्पष्ट दिशा नभएका कारण लगानीकर्ताहरूले खासै धेरै लगानी नगरेको बुझिन्छ। यसबाहेक प्रायः लगानीकर्ताहरू 'वेट एन्ड सी' अर्थात् कुर्ने र हेर्नेको अवस्थामा देखिन्छन्। लगानीकर्ताहरू आगामी आर्थिक वर्षको बजेटको प्रतिक्षामा रहेको बुझिन्छ।
आज जम्मा २२२ किसिमका धितोपत्र तथा ऋणपत्रको २३ लाख २४ हजार ६६५ सेयर किनबेच भएको छ।
बिहीबार ११९ किसिमका धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने ८७ वटाको मूल्य घटेको छ। सबैभन्दा धेरै बढ्नेमा मेगा बैंक रहेको छ। बैंकको आज सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको हो। यसपछि नारायणी विकास बैंकको ६.२० प्रतिशतले सेयर मूल्य बढेको छ। गुँरास लघुवित्त वित्तीय संस्थाको भने आज सबैभन्दा धेरै ५.४७ प्रतिशतले सेयर मूल्य घटेको छ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ८ वटा उपसमूहको मूल्य बढेको छ भने बाँकी पाँचवटाको घटेको छ। सबैभन्दा धेरै बैंकिङको ०.९८ प्रतिशत र म्युचल फन्डको ०.८५ प्रतिशतले बढेको हो।
सबैभन्दा धेरै घट्नेमा अन्य र होडल एन्ड टुरिजम उपसमूह परेका छन्। अन्य ०.८६ प्रतिशत र होटल एन्ड टुरिजमको ०.७४ प्रतिशतले घटेको हो।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै मेगा बैंक लिमिटेको ५ करोड ४२ लाख १४४ हजार रूपैयाँको सेयर कारोबार भएको छ।
यसपछि अरुण काबेली पावरको ४ करोड ४ लाख २२ हजार रूपैयाँ, नबिल बैंकको ३ करोड ५७ लाख ४२ हजार रूपैयाँ, अपर तामाकोशी हाइड्रोपावरको २ करोड ८३ लाख २३ हजार रूपैयाँ र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको २ करोड २९ लाख ४४ हजार रूपैयाँको कारोबार भएको छ।