नेपाल बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले लुम्बिनी र कर्णाली प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।
गत जेठ ११ गतेदेखि १३ गतेसम्म पोखरामा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, लुम्बिनी र कर्णाली प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका ४४ जना शाखा प्रबन्धकहरूको सहभागिता थियो।
प्रधान कार्यालय बजेट तथा योजना विभाग र तालिम तथा विकास डिभिजनले संयुक्त रूपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरूलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धि तालिम समेत प्रदान गरिएको थियो। बैंक व्यवस्थापनले शाखाहरूसँग अन्तर्रक्रिया गरी शाखा प्रबन्धकहरूबाट प्राप्त सल्लाह एवं सुझावहरू समेतलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारिता बढी हुने बैंकको भनाइ छ।
कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्का, योजना तथा बजेट विभागकी मुख्य प्रबन्धक प्रतिभा डंगोल, मुख्य प्रबन्धक पासाङ दोर्जे शेर्पा, लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुषाल,कर्णाली प्रदेश प्रमुख आश्विन पुडासैनी, तालिम तथा विकास डिभिजन प्रमुख प्रसाद सिवाकोटी लगायत प्रधान कार्यालय बजेट कमिटिका अन्य सदस्यहरूको सहभागीताथियो।
बैंकले हाल नेपालभर रहेको आफ्नो २१७ शाखा कार्यलयहरू, १७९ एटिएम र ४७ वटा एक्टेन्सन काउन्टरमार्फत ग्राहकहरूलाई बैंकिङ सेवा पुर्याइरहेको छ।