नेपाल बैंक र श्री विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराबीच आपसी सम्बन्धलाई वित्तीय कारोबारहरू मार्फत विस्तार गर्दै थप प्रगाढ बनाउने उदेश्यका साथ सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
आइतबार पोखरा विन्ध्यवासिनीमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त सम्झौता पत्रमा समितिका तर्फबाट अध्यक्ष एवम् वरिष्ठ समाजसेवी गणेश बहादुर श्रेष्ठ र बैंकका तर्फबाट गण्डकी प्रादेशिक कार्यालयकी प्रमुख प्रतिमा श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
उक्त समझदारी पश्चात विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति मातहतका विभिन्न सामाजिक क्रियाकलाप, समितिका सदस्य तथा कर्मचारीहरूले नेपाल बैंक मार्फत गरिने वित्तीय कारोवारमा विशेष छुट प्राप्त गर्नेछन्।
बैंकको हाल नेपालभर २१७ शाखाहरू, १७९ एटिएम साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइ रहेको छ।