वीरगञ्जको रुंगटा मलमा मेगा बैंक नेपालको शाखा स्थापना भएको छ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले एक समारोहबीच नयाँ कार्यालयको उद्घाटन गरेका हुन्। यसअघि आदर्श नगरमै रहेको शाखा रुंगटा मलमा स्थानान्तरण गरिएको हो।
मेगा बैंकका अध्यक्ष शाहले बैंकले अत्याधुनिक बैंकिङ सेवाका साथै छिटो, छरितो र प्रभावकारी ढंगले सेवा प्रवाह गरिरहेको बताए।
औद्योगिक नगरी वीरगञ्जलाई मेगा बैंकले सधैं प्राथमिकता दिएको बताउँदै अध्यक्ष शाहले युवा उद्यमी, निर्यातमुखी कृषि तथा निर्यातमुखी व्यवसायलाई मेगा बैंकले प्राथमिकता र प्रोत्साहन गरिरहेको बताए।