ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूलाई मिनिसो र मिसियोका स्टोरहरूबाट सामान किन्दा १० प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।
बैंकले अन्तर्राष्ट्रिय ब्रान्डहरू मिनिसो र मिसियोसँग साझेदारी गरी यो योजना सार्वजनिक गरेको हो। यस योजनामा ग्लोबल आइएमई बैंकका ग्राहकहरूले बैंकको डेबिट-क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर मार्फत भुक्तानी गर्दा प्रत्येक कारोबारमा १० प्रतिशत (अधिकतम ३०० सय रूपैयाँसम्म) क्यासब्याक पाउनेछन्।
यो योजना जेठ १८ गते बुधबारदेखि काठमाडौं उपत्यका भित्रका मिनिसो र मिसियोका सबै स्टोरहरूमा लागू हुनेछ। फ्रेन्चाइजमा आधारित अन्तर्राष्ट्रिय रिटेल चेन डिपार्टमेन्टल स्टोर मिनिसो र मिसियोका १२ भन्दा बढी स्टोरहरू छन्।
बैंकले हाल ७६ जिल्लामा रहेको आफ्नो २८८ शाखा, २६० एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट ग्राहकहरूलाई बैंकिङ सेवा दिइरहेको छ।
त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै छ।