बुधबार नेप्से ७.१९ अंकले घटेर २,१३०.७३ विन्दुमा पुगेको छ। अघिल्लो दिन पनि नेप्से ३५.५३ अंकले घटेर २,१३७.९२ विन्दुमा पुगेको थियो।
बजार घटेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन कुल २२९ धितोपत्र तथा ऋणपत्रको ३७ लाख ६९ हजार ८१२ सेयर किनबेच हुँदा एक अर्ब ३१ करोड ७६ लाख ९९ हजार रूपैयाँ कारोबार भएको थियो। आज जम्मा २२७ किसिमका धितोपत्र तथा ऋणपत्रको ३० लाख २० हजार ६७ सेयर किनबेच भएको छ।
कारोबार रकम पनि घटेर एक अर्ब ७ करोड ८४ लाख ८४ हजार रूपैयाँ पुगेको छ। आज ११३ किसिमका धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने ९७ वटाको मूल्य घटेको छ।
आज सबैभन्दा धेरै बढ्नेमा मैलुङ खोला जलविद्युत कम्पनीको रहेको छ। कम्पनीको आज सकारात्मक सर्किट ब्रेक लागेको हो। यसपछि बलेफी हाइड्रोपावरको ९.९४ प्रतिशतले सेयर मूल्य बढेको हो।
शिखर इन्स्योरेन्सको आज नकारात्मक सर्किट ब्रेक लागेको छ। कम्पनीको १० प्रतिशतले सेयर मूल्य घटेको छ। यसपछि नेपाल इनभेस्टमेन्ट बैंकको ७.२५ प्रतिशतले सेयर मूल्य घटेको छ।
आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये विकास बैंक, हाइड्रोपावर र फाइनान्स बाहेक १० उपसमूहरूको मूल्य घटेको छ। विकास बैंकको पनि जम्मा ०.५८ प्रतिशत, हाइड्रोपावरको ०.६९ प्रतिशत र फाइनान्सको ०.३८ प्रतिशतले बढेको हो।
घट्नेमध्ये सबैभन्दा धेरै ट्रेडिङको १.८३ प्रतिशत, नन लाइफ इन्स्योरेन्सको १.७५ प्रतिशत र लाइफ इन्स्योरेन्सको १.५ प्रतिशतले घटेको छ।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै नेपाल इनभेस्टमेन्ट बैंकको १२ करोड १३ लाख ७३ हजार रूपैयाँको सेयर कारोबार भएको छ।
यसपछि हिमालयन डिस्टिलरीको ४ करोड ६८ लाख १० हजार रूपैयाँ, शिखर इन्स्योरेन्सको ३ करोड ७८ लाख ८० हजार रूपैयाँ, एनआइसी एसिया बैंकको ३ करोड २० लाख ४१ हजार रूपैयाँ र अरुण काबेली पावरको २ करोड ८८ लाख ४९ हजार रूपैयाँको कारोबार भएको छ।