प्रभु बैंकले मुक्तिनाथ मन्दिरमा क्युआर कोडमार्फत भेटी दान गर्न सकिने प्रणाली सञ्चालन ल्याएको छ।
नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्धन गर्ने उद्देश्यले यो प्रणाली सुरू गरिएको बैंकले बताएको छ।
क्युआर प्रणाली मंगलबारदेखि लागू भएको हो। एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैँक पोखरा कार्यलयका प्रमुख डा रामशरण खरेलले क्युआर कोड पेमेन्ट सिस्टमको उद्घाटन गरेका हुन्।
कार्यक्रममा बोल्दै खरेलले नेपालको बैंकिङ क्षेत्रमा सूचना प्रविधिको उच्चतम् प्रयोगबाट समग्र आर्थिक कारोबारमा विद्युतीय माध्यममार्फत सहज भएको बताए। प्रभु बैंक र फोनपेको संयुक्त पहलका कारण मुक्तिनाथ मन्दिर परिसर, बारागाउँ मुक्ति क्षेत्रमा भेटी दानका लागि नगदै बोक्नु पर्ने झन्झट हटेकोे बताए।
प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै ग्राहकहरुलाई समय सपेक्ष नविनतम् बैंकिङ सेवा प्रवाहमा कटिबद्ध रहेको बताए।