बैंक अफ काठमाडूले बिओके प्रिमियम प्लस बचत खाता सार्वजनिक गरेको छ। ग्राहकलाई उच्चतम ब्याजदर उपलब्ध गराउने उदेश्यले यो खाता सार्वजनिक गरिएको बैंकले बताएको छ।
हाल अन्य बैंकहरुले बचत खातामा प्रदान गर्ने ब्याजभन्दा यसमा बढी हुने दावी बैंकको छ। बैंकले अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदर नाराका साथ यो खाता सार्वजनिक गरेको हो।
यो खातामा ग्राहकले ८.०३ प्रतिशत ब्याज पाउँछन्। १० हजार रुपैयाँको न्यूनतम मौजदात राख्नुपर्नेछ। खाता खोल्दा चेकबुक, ब्यालेन्स सर्टिफिकेट, डिम्याट खाता, इकमर्श अ्याक्टिभेसन, चेकबुक डेबिटकार्ड जस्ता सेवा निःशुल्क गरिएको छ।
हाल बैंक अफ काठमाण्डूले ९८ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ।