सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ।
विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको हो।
बैंकको डेबिट र क्रेडिट कार्डबाहकहरु, मोबाईल बैंकिङ प्रयोगकर्तालगायत सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीहरुलाई सिद्धार्थ बिजनेस ग्रुपका देशभर सञ्चालनमा रहेका होटेल तथा रेष्टुरेन्टहरुमा खानामा १० प्रतिशत र आवासमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका तर्फबाट बजार प्रबन्धक र्निपेश श्रेष्ठले हस्ताक्षर गरे।