एनएमबि बैंकले विभिन्न कारणले जोखिममा परेका महिलाहरुलाई उद्धार तथा शशक्तिकरण गर्दै आएको गैह् सरकारी संस्था ‘छोरी’ मा आवद्ध दिदीबहिनीका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा छोरी संस्थाका ५५ जना महिलाहरुको उपस्थिति थियो।
बैंकको लघुवित्त बिभागद्धारा आयोजित उक्त कार्यक्रमा उपस्थित दिदिबहिनीहरुलाई उत्प्रेरणाको साथैै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको बिषयमा जानकारी प्रदान गरिएको हो।
कार्यक्रममा बैंकका तर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल, नवीन पन्थि र छोरी संस्थाकोे तर्फबाट कार्यक्रम संयोजक सारदा पुरीको उपस्थिति थियो।
बैंकले महिला सशक्तिकरणका लागि बिभिन्न समयमा समूहहरु लक्षित वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गर्दै आइरहेको छ। छोरी संस्थामा गरिएको क्रार्यक्रमले महिलाहरुलाई आत्मनिर्भर बन्न सघाउने विश्वास बैंकको छ।
एनएमबि बैंक द फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो। यो बैंकले २०१७, २०१८, २०२० र २०२१ मा पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।