कुमारी बैंक र पोखरा स्थित अन्नपूर्ण केबलकारबीच सम्झौता भएको छ। कुमारी बैंकका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरुले सो संस्थाबाट सेवा लिएवापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट कार्ड वा पिओएबाट भुक्तानी गर्दा १०५ प्रतिशत छुट पाउँछन्।
सम्झौता पत्रमा कुमारी बैंक गण्डकी प्रदेशका प्रमुख नवीन राज पौडेलले तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरे।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ इकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट सुविधा दिँदै आएको छ।