कुमारी बैंक र काभ्रे, बनेपास्थित सुप्रिम डेन्टल केयरबीच कुमारी बैंकका ग्राहकहरूलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।
यस सम्झौता अनुसार बैंकका ग्राहकहरूले सो डेन्टल केयरबाट सेवा लिएबापत कुनै पनि भुक्तानी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा १५ प्रतिशत, ओर्थोदोंतीक्समा १० प्रतिशत, पेदोदोंतिक्समा १५ प्रतिशत, प्रोसथोदोंतिक्समा १५ प्रतिशत, एण्डोदोंतिक्समा १५ प्रतिशत र डेन्टल इम्प्लान्ट्समा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।
यस सुविधाबाट स्थानीयका सेवाग्राहीहरूले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ इकाइ तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे छ।