नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलरको विनिमय दरले नयाँ रेकर्ड राखेको छ। अमेरिकी डलरको भाउ पाँच वर्ष यताकै उच्च रहेको छ।
अघिल्लो दिन डलर एकको खरिददर १२४ रूपैयाँ ०८ पैसा र बिक्रीदर १२४ रूपैयाँ ६८ पैसा पुगेकोमा आज बढेर खरिददर १२४ रूपैयाँ १३ पैसा र बिक्रीदर १२४ रूपैयाँ ७३ पैसा पुगेको हो। विश्व बजारमा डलरको माग बढेसँगै अमेरिकी डलरको भाउ पनि बढ्दो छ।
त्यस्तै, शुक्रबार युरोपियन युरो एकको खरिदमा भने १३३ रूपैयाँ १० पैसा र बिक्रीमा १३३ रूपैयाँ ७५ पैसा पाइन्छ। राष्ट्र बैंकले आज अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रूपैयाँ १० पैसा र बिक्रीमा ८९ रूपैयाँ ५३ पैसा तोकेको छ। क्यानेडियन डलर एकको खरिददर भने आज ९८ल रूपैयाँ ८६ पैसा र बिक्रीदर ९९ रूपैयाँ ३४ पैसा पुगेको छ।
राष्ट्र बैंकले आज साउदी अरेबियन रियाल एकको खरिददर ३३ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३३ रूपैयाँ २५ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा आज ३३ रूपैयाँ ७९ पैसा र बिक्रीमा ३३ रूपैयाँ ९६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रूपैयाँ २५ पैसा र बिक्रीदर २८ रूपैयाँ ३९ पैसा कायम गरिएको छ।
कुवेती दिनार एकको खरिददर ४०५ रूपैयाँ २७ पैसा र बिक्रीदर ४०७ रूपैयाँ २३ पैसा पुगेको छ। आज बहराइन दिनार एकको खरिदमा भने ३२९ रूपैयाँ ३० पैसा र बिक्रीमा ३३० रूपैयाँ ८९ पैसा कायम गरिएको छ।
यीबाहेक यस्तो छ आजको अन्य विदेशी मुद्रा विनिमय दरः
