सिभिल बैंकले मोरङको सुन्दरहरैँचा नगरपालिका, वडा नं ३ गछियामा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। उक्त काउन्टरको उद्घघाटन राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीेले गरे।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझी, उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल, सिभिल बैंकका कायममुकायम प्रमुख सञ्चालन अधिकृत युवराज गुरागाईँ, प्रदेश नं. १ का प्रमुख राजेश ढकाललगायतको उपस्थिति थियो।
अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टरमार्फत सहजै कारोबार गर्न सक्नेछन्।
सिभिल बैंकले सात लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखामार्फत सेवा प्रदान गरिरहेको छ। बैंकले
योसहित १२ एक्सटेन्सन काउन्टरहरु विस्तार गरिसकेको छ। हालसम्म ९७ एटिएम छन्।
बैंकले हालसम्म करिब ९२ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ८७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेको छ।