कुमारी बैंक र बाँके, कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजाबीच बैंकका ग्राहकहरूलाई होटेल सेन्ट्रल प्लाजाबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।
उक्त सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूले सो होटेलबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट अथवा क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा होटेलको फुड एन्ड बेभरेज (खाना र पेय पदार्थ) र रूम (कोठा) शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा कार्यलय, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ इकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदैछ।