सोमबार सेयर बजार घटेको छ। यो साताको कारोबारको लागि पहिलो दिन आज नेप्से परिसूचक १५.८२ अंकले घटेर २,०३२.३४ बिन्दुमा पुगेको हो।
आज बजार घटेसँगै कारोबार रकम पनि घटेको छ। सोमबार कुल २३० किसिमका धितोपत्र तथा ऋणपत्रको २९ लाख २० हजार ७०५ सेयर किनबेच हुँदा ९९ करोड ८६ लाख ७४ हजार रूपैयाँको कारोबार भएको छ।
आज ५५ धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने १५७ वटाको मूल्य घटेको छ। आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेको छ। यसपछि ग्रीन भेन्चर लिमिटेडको ९.९८ प्रतिशतले बढेको छ। आज सबैभन्दा धेरै घट्नेमा भने मानुषी लघुवित्त वित्तीय संस्था रहेको छ। लघुवित्तको ५.४० प्रतिशतले सेयर मूल्य घटेको हो।
आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको मूल्य घटेको छ। जसमध्ये पनि सबैभन्दा धेरै लाइफ इन्स्योरेन्सको १.४४ प्रतिशत, इनभेस्टमेन्टको १.३८ प्रतिशत र होटल एन्ड टुरिजमको १.३४ प्रतिशतले घटेको हो।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै सानिमा बैंकको ९ करोड १ लाख ६१ हजार रूपैयाँको सेयर कारोबार भएको छ।
यसपछि उपकार लघुवित्त वित्तीय संस्थाको ५ करोड ६३ लाख ६४ हजार रूपैयाँ, सिभिल बैंकको ५ करोड ३७ लाख रूपैयाँ, बैंक अफ काठमाण्डूको ४ करोड ६९ लाख १४ हजार रूपैयाँ र सेन्चुरी कमर्सियल बैंकको २ करोड ८३ लाख ९६ हजार रूपैयाँको कारोबार भएको छ।