नेपाल इनभेस्टमेन्ट बैंक र मेगा बैंक नेपालबीच एक आपसमा गाभ्ने (मर्जर) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै यी दुई बैंकको सेयर कारोबार रोक्का गरिएको छ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) अनुसार नेपाल इनभेस्टमेन्ट बैंक र मेगा बैंक नेपालको सेयर कारोबार जेठ ३० गतेदेेखि रोक्का गरिएको हो।
नेपाल इनभेस्टमेन्ट बैंकको कुल चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार चार सय रूपैयाँ भएकोमा यसको अन्तिम सेयर कारोबार मूल्य प्रतिकित्ता दुई सय ६५ रूपैयाँ रहेको छ।
त्यस्तै, मेगा बैंक नेपालको कुल चुक्ता पुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रूपैयाँ पाँच सय रूपैयाँ रहेकोमा यसको अन्तिम सेयर कारोबार मूल्य प्रतिकित्ता दुई सय २६ रूपैयाँ रहेको छ।
यी दुई बैंक मर्ज भएपछि बन्ने बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुने सहमति भएको छ। यी दुई बैंकको १ बराबर ०.९ प्रतिशत स्वाप रेसिया कायम भए चुक्ता पुँजी ३२ अर्ब ८० करोड रूपैयाँ पुग्नेछ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा इन्भेष्टमेन्ट बैंकले २ अर्ब ४७ करोड र मेगा बैंकले २ अर्ब नाफा कमाएको थियो।