ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नं. ७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना भएको छ।
उक्त स्वास्थ्य शिविरमा स्त्री रोग विज्ञहरूले स्त्री रोग सम्बन्धी विभिन्न सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराएका थियो । शिविरमा एक ५० जना भन्दा बढी महिलाहरू शिविरबाट प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
बैंकद्वारा आयोजित उक्त शिविर नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिका संघको साझेदारीमा सम्पन्न भएको हो।
ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता किसिमका कार्यक्रमहरूको आयोजना गर्दै आएको छ।