सूर्या लाइफ इन्स्योरेन्सले बागमति प्रदेश स्तरिय बिजनेस बिल्डिङ सेमिनार एक भव्य समारोहको आयोजना गरी करिब तीन सय भन्दा बढी आभिकर्ताहरू माझ सम्पन्न गरेकोछ।
बागमति प्रदेश प्रमुख शुशिल चापागाईंको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले गरेका हुन्। कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कामु सहायक महाप्रबन्धक मेघेन्द्र प्रकाश गिरी, ट्रेनिङ प्रमुख प्रमोद सापकोटा लगायत पेशागत अभिकर्ता संघका अध्यक्ष राम बहादुर तामाङ अतिथ्य रहेको थियो।
उक्त कार्यक्रमा जीवन बीमाको अभिन्न अंगको रूपमा मानिने बागमति प्रदेशका अभिकर्ताहरूको उत्साह जनक सहभगिता रहेको कम्पनीको भनाइ छ।
कार्यक्रममा सन् २०२३ को एमडिआरटीहरूलाई सम्मान गर्दै चौथो त्रैमासिकको हालसम्म बागमति प्रदेश अन्तर्गत आफनो व्यक्तिगत कोडमा अधिकतम बिमा शुल्क हासिल गर्न सफल २५ जना अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। साथै, देशैभरीबाट वैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरूबाट लक्की ड्र गरी ३ जना भाग्यशाली विजेताहरूको घोषणा गरिएको थियो।
लक्की ड्रमा भैरहवा शाखाबाट शोभा जिसीले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितिय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रञ्जिता बुढाथोकीले तृतीय पुरस्कार मोबाइल जितेका हुन्।
जीवन बीमा क्षेत्रमा अभिकर्ता पेशालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियान स्वरुप सूर्या लाइफले 'मेरो पहिलो पोलिसी' अभियान सुरू गरेको छ।