सानिमा बैंकले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकहरूलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर नयाँ बानेश्वर शाखाबाट पनि विस्तार गरेको छ।
आफ्ना प्रायोरिटी ग्राहकहरूको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि प्रायोरिटी काउन्टर थप गरिएको हो। यस प्रायोरिटी काउन्टरबाट ग्राहकहरूलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।
नयाँ बानेश्वर शाखास्थित प्रायोरिटी काउन्टरको उद्घाटन बैंकका प्रायोरिटी ग्राहक डिल्लीराम अधिकारी र बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले संयुक्त रूपमा गरेका हुन्।
सानिमा बैंकले हाल देशभर रहेको आफ्नो १२६ कार्यालय र ११८ एटिएममार्फत ग्राहकहरूलाई बैंकिङ सेवा पुर्याइरहेको छ।