इन्टरनेशनल डे अफ फेमिली रेमिटेन्सको अवसरमा आइएमईले सेवाग्राही-मैत्री 'जोड्दै छ नाता' अफर सार्वजनिक गरेको छ।
उक्त अफरअन्तर्गत इन्टरनेशनल डे अफ फेमिली रेमिटेन्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच जना भाग्यशाली सेवाग्राहीहरूलाई प्रतिव्यक्ति २२ हजार रूपैयाँ उपलब्ध गराउने बताइएको छ।
यो अफर इन्टरनेशनल डे अफ फेमिली रेमिटेन्सका रूपमा मनाइने सन् २०२२ जुन १६ का लागि मात्र लागू हुनेछ।
संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करौडौं नागरिकहरूले रेमिटेन्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मान स्वरूप यो दिनलाई विशेष दिनको मनाउँदै आएको छ।
विकास उन्मुख देशहरूका लागि रेमिटेन्स जीवन निर्वाहको मुख्य श्रोत बनेको छ। यसरी व्यक्ति-व्यक्तिले प्राप्त गर्ने रेमिटेन्स देशको अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिन्छ।
आइएमई लिमिटेड कम्पनीले नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय ३० आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब ३५ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् आफ्नो सेवा दिँदै आएको छ।