सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्र्रदेशमा एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्पे्ररणा मुलक कार्यक्रम सम्पन्न गरेको छ।
२०० भन्दा बढी आभिकर्ताबीच कार्यक्रम सम्पन्न गरेको हो।
प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ताहरुको उत्साहजनक सहभगिता थियो।
प्रदेश प्रमुख,किरण गौतमको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वरिष्ठ अभिकर्ता कमल घिमिरे, माधवशर्मा र विष्णु पंगेनीले आफ्ना सफलताका शुत्रहरु अभिकर्ताहरु माझ साटे।
सूर्या लाइफको मेरो पहिलो पोलिसी अभियानअन्तर्गत आफ्नो पहिलो पोलिस हासिल गर्न सफल नयाँअभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान गरे।