नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२५ रुपैयाँ २२ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ ५३ पैसा र बिक्रीमा १३० रुपैयाँ १५ पैसा पाइन्छ।
शुक्रबार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा कायम गरिएको छ।
आज कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ २३ पैसा र बिक्रीमा ३४ रुपैयाँ ३९ पैसा पाइन्छ। राष्ट्र बैंकले युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०९ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ३१ पैसा र बिक्रीमा २८ रुपैयाँ ४४ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिददर ४०५ रुपैयाँ ६० पैसा र बिक्रीदर ४०७ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३३२ रुपैयाँ १५ पैसा तोकिएको छ।
यी बाहेक यस्तो छ आजको अन्य विनिमय दरः
