स्वतन्त्र पुँजी बजार सुधार संघले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर सेयर बजार सुधारको विषयमा छलफल गरेका छन्। संघका अनुसार पूर्व प्रधानमन्त्री ओलीले गभर्नर महाप्रसाद अधिकारीसमक्ष छलफल गर्ने संकेत गरेका छन्।
सेयर बजारमा देखिएको हालको समस्या निराकरणको लागि सम्बन्धित केही लगानीकर्ता आन्दोलनमा छन् भने केही राजनीतिक भेटघाटमा लागेका छन्। संघको तर्फबाट अध्यक्ष सुशिल लुनियालगायतले पूर्व प्रधानमन्त्रीसँग भेट गरेका हुन्।
पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागेको छ। नेप्सेले करिब ४१ प्रतिशत गुमाएर १९ महिना यताकै न्यून विन्दुमा आइपुगेको छ।