नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२५ रुपैयाँ २२ पैसा कायम छ। युरोपियन युरो एकको खरिदमा भने १३१ रुपैयाँ ४५ पैसा र बिक्रीमा १३२ रुपैयाँ ०८ पैसा पाइन्छ।
आज अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा आज ९६ रुपैयाँ २४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७० पैसा पाइन्छ।
बुधबार कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ १२ पैसा र बिक्रीमा ३४ रुपैयाँ २८ पैसा पाइन्छ। राष्ट्र बैंकले युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०९ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ३४ पैसा र बिक्रीमा २८ रुपैयाँ ४७ पैसा पाइन्छ।
कुवेती दिनार एकको खरिददर ४०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३३२ रुपैयाँ १४ पैसा तोकिएको छ।
यी बाहेक यस्तो छ आजको अन्य विनिमय दरः
