नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलरको विनिमय दर अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो दिन राष्ट्र बैंकले डलर एकको खरिददर १२६ रुपैयाँ १८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७८ पैसा तोकेकोमा आज डलर एकको खरिददर १२६ रुपैयाँ ३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६३ पैसा कायम गरिएको छ।
युरोपियन युरोको विनिमय दर भने सोमबारको तुलनामा आज बढेको छ। आज युरोपियन युरो एकको खरिदमा १३१ रुपैयाँ ७० पैसा र बिक्रीमा १३२ रुपैयाँ ३३ पैसा पाइन्छ। अघिल्लो दिन युरो एकको खरिदमा १३१ रुपैयाँ ५९ पैसा र बिक्रीमा १३२ रुपैयाँ २२ पैसा पाइन्थ्यो।
आज अष्ट्रेलियन डलरको विनिमय दर पनि बढेको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८७ रुपैयाँ १८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने आज ९८ रुपैयाँ ११ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५८ पैसा पाइन्छ।
मंगलबार कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७४ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ४७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा भने आज २८ रुपैयाँ ५६ पैसा र बिक्रीमा २८ रुपैयाँ ६९ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनारको विनिमय दर पनि घटेको छ। अघिल्लो दिन कुवेती दिनार एकको खरिददर ४११ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४१३ रुपैयाँ ३७ पैसा पाइन्थ्यो भने आज यसको खरिददर ४१० रुपैयाँ ८२ पैसा र बिक्रीदर ४१२ रुपैयाँ ७७ पैसा पुगेको छ।
आज बहराइन दिनार एकको खरिदमा नेपाली ३३४ रुपैयाँ २९ पैसा र बिक्रीमा ३३५ रुपैयाँ ८८ पैसा पाइन्छ।