एक सातामा वाणिज्य बैंकहरूमा ३४ अर्ब रूपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार एक सातामा बैंकहरूको निक्षेपमा ३४ अर्बले वृद्धि भएर ४४ अर्ब ३२ करोड रूपैयाँ पुगेको हो।
चार अर्ब रूपैयाँले विदेशी मुद्रामा रहेको निक्षेप र करिब ३० अर्बले नेपाली मुद्रामा रहेको निक्षेपमा बढोत्तरी भएको हो। एक सातामा बैंकहरूको कर्जा लगानी भने मात्रै दुई अर्ब रूपैयाँले वृद्धि भएको छ। बैंकहरूले ४१ खर्ब ८४ अर्ब रूपैयाँ बराबरको कर्जा जारी गरेका हुन्।
हाल बैंकहरूको कर्जा निक्षेप अनुपात औसतमा (सिडी) रेसियो ८९.४२ प्रतिशतमा सीमित भएको छ।