नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९९ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा १२९ रुपैयाँ ०१ पैसा र बिक्रीमा १२९ रुपैयाँ ६२ पैसा पाइन्छ।
शुक्रबार अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ४९ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७७ पैसा पाइन्छ।
आज कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६० पैसा र बिक्रीमा ३४ रुपैयाँ ७७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८३ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ४१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ५७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा भने आज २८ रुपैयाँ ५४ पैसा र बिक्रीमा २८ रुपैयाँ ६८ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिददर ४११ रुपैयाँ १३ पैसा र बिक्रीदर ४१३ रुपैयाँ ८ पैसा पाइन्छ। बहराइन दिनार एकको खरिदमा आज नेपाली ३३५ रुपैयाँ २७ पैसा र बिक्रीमा ३३६ रुपैयाँ ८६ पैसा पाइन्छ।