यो साता नेप्से कारोबारको लागि पहिलो दिन आज सेयर बजार घटेको छ। सोमबार नेप्से परिसूचक ७७.०१ अंकले घटेर १,९१५.६१ बिन्दुमा पुगेको हो।
अघिल्लो दिन आइतबार बकर इदको अवसरमा सार्वजनिक बिदा थियो। आजभन्दा अघि गत शुक्रबार नेप्से कारोबार भएको थियो।सो दिन नेप्से परिसूचक ३४.७० अंकले घटेको थियो।
नेप्से घट्दा आज दुई अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ। आज कुल २२७ किसिमका धितोपत्र तथा ऋणपत्रको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच भएको छ। कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये जम्मा ६ वटाको मूल्य बढेको छ भने २१६ वटाको मूल्य घटेको छ।
सोमबार ग्रामिन विकास लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरैले मूल्य घटेको छ। संस्थाको आज नकारात्मक सर्किट ब्रेक लागेको हो। यसपछि किसान लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई सम्मुन्न स्किम-१, हिमालयन पावर पार्टनर र माउन्टेन हाइड्रो नेपालको मूल्य पनि ९ प्रतिशतभन्दा बढीले घटेको हो।
आज कारोबारमा आएका १३ उपसमूहहरू सबैको मूल्य घटेको छ। तीमध्ये पनि सबैभन्दा धेरै ट्रेडिङको ५.७८ प्रतिशत, फाइनान्सको ५.७३ प्रतिशत र हाइड्रोपावरको ५.१९ प्रतिशतले मूल्य घटेको हो।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ११ करोड ४ लाख ३५ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
यसपछि एनआइसी एसिया बैंकको ८ करोड ७१ लाख ४५ हजार रुपैयाँ, अपर तामाकोशी हाइड्रोपावरको ८ करोड ४१ लाख २५ हजार रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ८ करोड १७ लाख ३६ हजार रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५१ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ।