एक सातामा वाणिज्य बैंकहरूमा ६२ अर्ब रूपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार एक सातामा बैंकहरूको निक्षेपमा ६२ अर्बले वृद्धि भएर ४४ अर्ब ९४ करोड रूपैयाँ पुगेको हो।
विदेशी मुद्रामा रहेको निक्षेप तीन अर्ब रूपैयाँले घटेपनि करिब ६४ अर्बले नेपाली मुद्रामा रहेको निक्षेपमा बढोत्तरी भएको हो। असारयता सरकारी खर्च बढ्न थालेकोले पनि निक्षेपमा सुधार भइरहेको हो।
एक सातामा बैंकहरूको कर्जा लगानी भने दश अर्ब रूपैयाँले घटेको छ। आर्थिक वर्ष अन्त्य हुन लागेकोले बैंकहरूको जोड जारी कर्जा उठाउनेमा हुन्छ, यही कारण पनि कर्जा लगानी घट्छ।
यसबाहेक बैंकहरूले कर्जा निक्षेप अनुपात ९० प्रतिशतको सीमामा सीमित राख्नुपर्ने राष्ट्र बैंकको व्यवस्थाले पनि कर्जा लगानी घटाइ रहेका छन्। बैंकहरूले ४१ खर्ब ७४ अर्ब रूपैयाँ बराबरको कर्जा जारी गरेका हुन्।
हाल बैंकहरूको कर्जा निक्षेप अनुपात औसतमा (सिडी) रेसियो ८८.५७ प्रतिशतमा सीमित भएको छ।