नेपाल बैंक लिमिटेडले उच्च ब्याजदरसहित आकर्षक विशेषताहरू भएको नेपाल बैंक पायनियर बचत खाता सञ्चालनमा ल्याएको छ।
उक्त बचत खातामा उच्च ब्याजदर वार्षिक ८.०३ प्रतिशत छ भने दस लाखसम्मको निःशुल्क दुर्घटना बीमा सुविधा पनि छ।
यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेविट र क्रेडिट कार्ड, निःशुल्क डिजिटल बैंकिङ सुविधा पाउनेछन्। त्यस्तै लकर सुविधामा ५० प्रतिशत छुट, निःशुल्क डिम्याट खाता तथा सिआस्वा लगायतका सुविधाहरू पाउने छन्।
बैंकले नेपालभर २१९ शाखाहरू, १८२ एटिएमका साथै ४७ एक्सटेन्सन काउन्टर मार्फत वित्तीय सेवा पुर्याइरहेको छ।