सनराइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्वारा संचालित मोको डिजिटल वालेटबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता पछि सेवा समेत सुरू भएको छ।
यस सहकार्य पश्चात सनराइज बैंकका ग्राहकहरूले मोको एपमा आफ्नो डेबिट वा क्रेडिट कार्ड लिंक गरी बिल भुक्तानी जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरू प्रयोग गर्न तथा १५०० भन्दा बढी मर्चेन्टहरूमा क्यू आर कोड मार्फत भुक्तानी गर्न सक्नेछन्।
हालसम्म क्रेडिट कार्ड प्रयोगकर्ताले कार्ड मार्फत भुक्तानी गर्दा पिओएसमा वा इकमर्स मार्फत मात्र कारोबार गर्न सकिन्थ्यो। अब भने क्रेडिट कार्डलाई मोको एपमा लिंक गरी क्युआर कोड स्क्यान गरेर समेत भुक्तानी कारोबार गर्न सकिन्छ।
यो सेवाले डिजिटल भुक्तानीको वृद्धिमा थप सहयोग पुर्याउनेमा बैंक सकारात्मक छ।