सोमबार नेपाल स्टक एक्सचेञ्न (नेप्से) मा आदर्श लघुवित्तको सेयर सूचीकृत भएको छ।
कम्पनीले पहिलो कारोबारको लागि एक सय २२ रुपैयाँ ८८ पैसादेखि तीन सय ६८ रुपैयाँ ६४ पैसाको मूल्य रेञ्ज पाएको छ। सूचीकृत भएको उक्त सेयर भोलि (मंगलबार)देखि कारोबारमा आउनेछ।
नेप्सेले कम्पनीहरूलाई पहिलो कारोबारको लागि उनीहरूको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज दिने गर्छ। कम्पनीको कारोबारको लागि संकेत 'एडिएलबी' रहेको छ।
कम्पनीको कुल २ लाख ७ हजार कित्ता सेयर सूचीकृत भएको हो। आदर्श लघुवित्तले गत असार १ गतेदखि असार ६ गतेसम्मको लागि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको थियो।
साथै, कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा बिओके क्यापिटल मार्केट नक्साल, काठमाडौंबाट हुने समेत जनाएको छ।
आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड एक 'घ' वर्गको प्रदेश स्तरीय लघुवित्त संस्था हो। यसले बागमती प्रदेशको १३ जिल्लामा मात्रै सञ्चालन अनुमति पाएको छ। लघुवित्त सन् २०१८ मे २३ मा समावेश गरिएको भएपनि सन् २०१९ को जनवरीबाट सञ्चालनमा आएको हो।