साउनको पहिलो साता (६ गते) मै वाणिज्य बैंकहरूको निक्षेप ६४ अर्बले घटेको छ भने कर्जा लगानी पनि १० अर्बले घटेको छ।
असार अन्त्यसम्ममा बैंकहरूले स्थानीय सञ्चित कोषमा रहेको रकम ५० प्रतिशत मात्र निक्षेपमा देखाउन पाउने, निक्षेपमा गणना गर्दै आएका ऋणपत्र समेत यसमा गणना गर्न नपाउने व्यवस्था रहेकोले निक्षेप घटेको हो। बैंकहरूको निक्षेप ४४ खर्ब ७८ अर्ब र कर्जा लगानी ४१ खर्ब ६५ अर्ब छ।
राष्ट्र बैंकले गत शुक्रबार जारी गरेको मौद्रिक नीतिले भने फेरी पनि बैंकहरूले ऋणपत्रलाई २०८० असारसम्म गणना गर्न पाउने व्यवस्था गरिसकेको छ। केही समयअघि अर्थ मन्त्रालयले समेत स्थानीय तहको कोषमा रहेको रकमको ८० प्रतिशतसम्म निक्षेपमा जोड्न मिल्ने व्यवस्था गरिदिएको बुझिएको छ।