सिटिजन्स बैंक इन्टरनेसनलका कार्डबाहक ग्राहकलाई बुटवलस्थित तिनाउ इन्टरनेसनल हस्पिटलमा छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकले तिनाउ हस्पिटलका विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट पाउने छन्।
यसका साथै, हस्पिटलबाट फिजियाेथेरापीका सेवामा थप आकर्षक प्याकेजको व्यवस्था पनि गरिएको बताइएको छ।
यस सुविधाबाट स्थानीय सेवाग्राहीहरूले गुणस्तरीय सेवाका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने बैंकले बताएको छ।
यसले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले देशैभरी फैलिएका १८० वटा शाखा, १३२ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ इकाइहरूबाट करिब १४ लाख ७१ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।