प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने भएको छ। दुई बैंकबीच आइतबार बेलुका प्राप्ति सम्बन्धी सम्झौता पत्रमा प्रारम्भिक रूपमा हस्ताक्षर भएको हो।
दुई बैंकबीच १ बराबर १ शेयरको अनुपातमा गाभ्ने गाभिने गरी सम्झौता भएको हो।
साथै, प्राप्ति प्रयोजनका लागि सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार आज (सोमाबार) देखि रोक्का रहेको छ।
हाल प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेन्चुरी बैंकको ९ अर्ब ५५ करोड रुपैयाँ छ। सेञ्चुरी बैंकलाई प्राप्ति गरेपछि प्रभु बैंकको चुक्ता पुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।