महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ।
बैंकले दश वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्ने भएको हो।
बैंकले प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित दरका कुल एक अर्ब रुपैयाँ बराबरको दश लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो ।
बैंकले ऋणपत्र निष्कासनको लागि एनआइसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सोमबार बैंकको केन्द्रीय कार्यालय दरवारमार्ग, काठमाडौंमा आयोजित एक समारोहका बीच ऋणपत्र निष्कासन गर्नको लागि बैंक र उक्त क्यापिटलबीच दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।
आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्ने बताएको छ।
उक्त ऋणपत्रमध्ये ६० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गर्ने बैंकले जानकारी दिएको छ।