नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ।
मंगलबार अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ १४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७४ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ ४१ पैसा र बिक्रीमा १३० रुपैयाँ २ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ८८ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ७९ पैसा र बिक्रीमा ९९ रुपैयाँ २६ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १५४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २६ पैसा तोकिएको छ ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ३४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ५१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ३३ पैसा र बिक्रीमा २८ रुपैयाँ ४६ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४११ रुपैयाँ ४० पैसा र बिक्रीमा ४१३ रुपैयाँ ३६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३३६ रुपैयाँ १७ पैसा तोकिएको छ।