लक्ष्मी क्यापिटलद्वारा सञ्चालित दुई वटा म्युचुअल फन्डहरूले लाभांश (प्रतिफल) घोषणा गरेका छन्।
लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लाभांश वितरण गर्ने भएका हुन्।
दुवै क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले ५/५ प्रतिशतका दरले लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।
क्यापिटलहरूले लाभांश वितरणका लागि बुक क्लोज मिति भने सार्वजनिक गरेका छैनन्। बुक क्लोजको अघिल्लो दिनसम्म कायम इकाइधनीहरूले उक्त लाभांश पाउनेछन्।