श्वेत गंगा हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा गोलाप्रथामार्फत दुई लाख २७ हजार दुई जना सर्वसाधारणले सेयर पाएका छन्।
जसमध्ये पाँच जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्। आवेदन दिएका १३ लाख १६ हजार नौ सय ४३ जना आवेदकको हात खाली भएको छ।
यो आइपिओमा १५ लाख ४३ हजार नौ सय ५४ जनाले आवेदन दिएकोमा चार हजार चार सय ४० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ।
कम्पनीले साउन ४ गतेबाट ८ गतेसम्म सर्वसाधारणका लागि २२ लाख ७० हजार २५ कित्ता आइपिओ बिक्री खुला गरेको थियो।
कुल २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेकोमा ५५ अर्थात् १ लाख १९ हजार चार सय ७५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो।
लगानीकर्ताले सानिमा क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, श्वेत गंगा हाइड्रोपावरको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।